कक्षा ११ को रजिष्ट्रेसन आवेदन फारम खुला

२०७९ मंसिर २६, सोमबार १०:४७ बजे

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले जनाएको छ ।

पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले जनाएको छ । पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १.६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्नेछ ।


यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार