माछापुच्छ्रे  बैंकका नवनियुक्त अध्यक्ष डा. महतो द्वारा शपथ ग्रहण

२०७९ मंसिर २६, सोमबार ०७:४२ बजे

काठमाडौं : माछापुच्छ्रे  बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ गरेका हुन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतहरु उपस्थिति रहेको थियो ।


माछापुच्छे बैंकको मिति २०७९/०८/१२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । डा.महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार