एभरेष्ट बैंकको साधारण सभा आज

२०७९ मंसिर २६, सोमबार ११:०७ बजे

काठमाडौं : एभरेष्ट बैंकको वार्षिक साधारण सभा आज बस्दैछ । बैंकको सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा हुने भएको हो । बैंकको सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सो प्रस्तावलाई पारित गर्नेछ ।

साथै, अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने र बैंकले हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गरेको छ । त्यसका आधारमा मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार