
काठमाडौं : नेपाल ट्रेड यूनियन कांग्रेस तारकेश्वर नगर समितिका अध्यक्ष अचुत ओझाकाे नेतृत्वमा गएकाे टिमले नगर प्रमुख कृष्णहरि महर्जन र उप प्रमुख सिर्जना बुर्लाकाेटीलाई तारकेश्वर नगरमा रहेका श्रमिकका पक्षमा काम गर्न १० बुदे ध्यानाकर्षण गरेकाे छ ।

अध्यक्ष ओझाले श्रम मैत्री निति लिएर तारकेश्वर स्थानीय सरकार अगाडि बढदै गरेकाेमा धन्यवाद दिदै उनले बनेका नीतिलाई कार्यान्वयन गर्न आवश्यक कानुन र कार्यविधि बनाएर तत्काल लागू गर्न माग गरे । सामाजिक सुरक्षा काेष, श्रम बिमा, न्यूनतम बेतन र पेशागत सुरक्षा र स्वास्थ लगायतकाे विषय उठाएका थिए ।
तारकेश्वर स्थानीय सरकार प्रमुख र उप प्रमुखबाट तत्काल श्रम समन्वय समिति गठन गरि श्रमिकका समस्या समधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।आफुहरुपनि श्रमिक नै रहेकाे र गरिखानेकाे पक्षमा हिजाे पनि उभिएकाे,आज पनि उभिइरहेको र भाेलि पनि उभिने विश्वास दिलाए । श्रमिकका कुनै समस्या भएमा समधान दिन नगरकाे ढाेका सधै खुला रहने बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।