विश्वकप फुटबलका सेमिफाइन र फाइनल खेल नेपाल टेलिभिजनमा निःशुल्क देखाउने

२०७९ मंसिर २६, सोमबार ११:५४ बजे

काठमाडौं : कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनलका खेल नेपाल टेलिभिजनमा प्रसारण गर्ने तयारी भएको छ । टेलिभिजन स्रोतले दिएको जानकारी अनुसार यसका लागि विश्व फुटबल महासंघ (फिफा) सँग छलफल चलिरहेको छ ।

नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार मिडिया हब प्रालिले लिएपनि नेपाल टेलिभिजनले आफ्नै पहलमा खेल प्रसारणकाे प्रक्रिया अघि बढाएको हो ।

हाल नेपालमा विश्वकप फुटबलका खेल हेर्न टेलिभिजन सेटटप प्रयोगकर्ताले हिमालय प्रिमियम च्यानलका लागि ५६५ रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । उद्घाटन समारोह, उद्घाटन खेल, सेमिफाइनल र फाइनल खेल भने पैसा नतिरी नै हेर्न सकिनेगरी मिडिया हबले प्रसारण अधिकार लिएको छ ।

यही सन्दर्भमा सरकारी स्वामित्वको नेपाल टेलिभिजनले फिफासँग समन्वय गरी सेमिफाइनल र फाइनलका खेल प्रसारण गर्न आवश्यक प्रक्रिया थालेको र केही दिनमै यो विषय टुंगिने टेलिभिजन स्रोतले जानकारी दिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार