अफगानिस्तान–पाकिस्तान सीमामा गोली आक्रमण, ६ जनाको मृत्यु

२०७९ मंसिर २६, सोमबार १२:३३ बजे

काठमाडौँ : पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा दुई मुलुकका सुरक्षा बलबीच भएको झडपमा परी पाकिस्तानका ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। यो झडप पाकिस्तानको बलुचिस्तान र अफगानिस्ताको कन्धार प्रान्तको सीमानजिकै चमन चौकीमा भएको हो।

पाकिस्तानले आफ्नो तर्फबाट भड्काउने किसिमको कुनै पनि घटना नहुँदा नहुँदै अफगानिस्तानले आक्रमण गरेको बताएको छ। साथै आफ्नो सुरक्षा बलले पनि त्यसको उचित जवाफ दिएको बताएको छ। पाकिस्तानी सुरक्षा बलले भने आफूहरुले आम नागरिकमाथि आक्रमण नगरेको बताएको छ। पाकिस्तानले यस विषयमा तालिबानसँग सम्पर्क गरेको र आगामी दिनमा यस्ता घटना नदोहोरिने ग्यारेन्टि पनि लिएको बताएको छ।

एक महिनाअघि अफगानिस्तानको सीमा क्षेत्रमा भएको यस्तै गोली आक्रमणमा परी एक पाकिस्तानी गार्डको मृत्यु भएको थियो। अफगानिस्तानमा तालिबानको शासन आएसँगै उसको सरकारलाई मान्यता दिने पाकिस्तान पहिलो मुलुकमध्येको एक थियो। यद्यपि पछिल्लो समय भने पाकिस्तानसँगको अफगानिस्तानको सम्बन्धमा उतारचढाव देखिएको छ। पाकिस्तानी सेनाले पाकिस्तानी तालिबानसँग पनि लडिरहेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार