प्रदेश १ लोकसेवा आयोगद्वारा ६०७ स्वास्थ्यकर्मी माग

२०७९ मंसिर २६, सोमबार १३:२८ बजे

विराटनगर : प्रदेश १ लोकसेवा आयोग विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवाका लागि सहायकस्तर चौथो र पाँचौं तहका (प्राविधिक) ६०७ पदका लागि विज्ञापन आव्हान गरेको छ ।

गोरखापत्र राष्ट्रिय दैनिकमा आज सूचना जारी गर्दै हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, ल्याब असिस्टेनको माग गरेको हो । माग गरिएका पदहरुमा हेल्थ असिस्टेन्ट पाँचौं तहको १७३ जना, पाँचौ तहकै स्टाफ नर्स ३० जना, अहेब चौथो तहका लागि २०२ जना, चौथो तहकै लागि अनमी १९५ जना र ल्याब असिस्टेन्ट चौथो तहका लागि ७ जनाको आवेदन माग गरेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार