एक महिलाले पिरो खाएर खोक्दा ४ वटा करङ भाचिए

२०७९ मंसिर २६, सोमबार १४:१३ बजे

चीन : एक महिलालाई पिरो तथा मसालेदार खाना खाँदा खोकी सुरु भयो । उनको खोकी यति चर्को थियो कि करङका चारवटा हड्डी नै भाँचिए । छाति दुखेर केही दिनपछि डाक्टरकोमा चेकजाँच गराउन जाँदा मात्रै उनले आफ्नो करङ भाँचिएको थाहा पाइन् । चीनको सांघाइमा बस्ने एक महिलामाथि यस्तो बज्रपात भएको हो । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनको नाम हुआंग हो ।

हालै एकदिन पिरो खानेकुरा खाने क्रममा उनलाई खोकी सुरु भयो । निकैबेर सम्म जोडसँग खोक्दा उनको छातिमा दबाब पर्‍यो र उनले आफ्नो छातिबाट तीव्र कर्कश आवाज सुनिन् । केही दिनपछि त उनलाई स्वास फेर्न र बोल्न नै अप्ठेरो हुन लाग्यो । छातीको दुखाई तीव्र बनेसँगै उनी चेकजाँचका लागि अस्पताल पुगिन्। त्यहाँ सिटी स्क्यान गर्दा उनको छातीका चार वटा करङ भाँचिएको डाक्टरहरुले पत्ता लगाए ।

डाक्टरहरूले एक महिनासम्म उनको कम्मर र छातीमा पट्टी बाँध्न लगाएका छन् । Unhealthy Low Body Weight का कारण करङ भाँच्चिएको डाक्टरहरुले बताएका छन् । हुआंगको शरीर आवश्यकताभन्दा दुब्लो रहेका कारण करङका हड्डी बाहिरबाटै देखिन्छन् । उनको उचाइ पाँच फिट ६ इन्च र वजन ५७ किलो छ । त्यसैले जोडसँग खोकी लाग्दा उनका करङ नै क्षतिग्रस्त भए । हाल स्वास्थ्यलाभ गरिरहेकी हुआंगले चोट निको भएसँगै आफ्नो मांशपेशी तथा वजन बढाउनका लागि व्यायाम गर्ने बताएकी छिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार