कलिलो उमेरमा गर्भवती हुने कर्णाली र मधेस प्रदेशका महिला बढी

२०७९ मंसिर २६, सोमबार १५:३० बजे

काठमाडौं : नेपालमा सबैभन्दा धेरै १५ देखि १९ वर्ष उमेर समूहका महिला गर्भवती हुने गरेको पाइएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार २०२२ सम्ममा यस उमेर समूहका प्रतिहजारमा ७१ जना जन्माउला थिए ।

जसमा सातै प्रदेशमध्ये सबैभन्दा बढी बच्चा जन्माउने महिलामा कर्णाली र मधेस प्रदेशमा बढी रहेको सो सर्वेक्षणले देखाएको छ । कर्णाली प्रदेशमा २१ प्रतिशत मधेस प्रदेशमा २० प्रतिशत महिलाहरू कुनै न कुनै बेला गर्भवतीको अध्ययनले देखाएको छ ।

यस्तै सबैभन्दा कम बाग्मती प्रदेशमा सबैभन्दा ८ प्रतिशत गर्भवती भएको पाइएको छ । उता, सुदूरपश्चिम प्रदेश, प्रदेश एक र गण्डकी प्रदेशमा १५ देखि १९ वर्षसम्मका १३ प्रतिशत महिला गर्भवती हुने गरेको अध्ययनले देखाएको छ । लुम्बिनी प्रदेशमा १० प्रतिशत रहेको सर्वेक्षण देखाएको छ । नेपालमा किशोरावस्थामा गर्भवती हुने दर १४ प्रतिशत रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार