अनमोल केसीले धिरजलाई सुहानासँग राम्रो सम्बन्ध होस भन्दै दिए शुभकामना

२०७९ मंसिर २६, सोमबार १६:२३ बजे

काठमाडौँ : चलचित्र भगवत् गीतामा नायक धिरज मगरको इन्ट्री भइस्केका बेला अभिनेता अनमोल केसीले सो चलचित्रलाई शुभकामना ब्यक्त गरेका छन् ।

निर्माण यूनिटले लामो समयदेखि नायकको खोजी गरिरहेका बेला नायक धिरज मगर फाइनल भएसँगै अनमोलले धिरज र सुहानाको जोडीलाई शुभाकामना दिएका छन् ।

यसअघि केसीले काम गर्ने चर्चाबीच मगर अनुबन्धित भएपछि टीममा केहि लफडा परेको अनुमान गरिएको भएता पनि अनमोलले एक कदम अघि सर्दै त्यो हल्ला हल्ला मात्रै भएको र सम्बन्ध सुमधर रहेको पुष्टी गरेका छन् ।

सुनिल कुमार थापाले बनाउने तथा झरना थापाले निर्देशन गर्ने चलचित्र भगवत् गीतामा नायक धिरज मगरले काम गर्ने सम्झौता अघि बढेसँगै अब चलचित्रको काम तिब्र गतिमा अघि बढ्ने बताइएको छ । चलचित्र निर्माण कम्पनी सुहाना इन्टरटेन्मेन्टले यसअघि ए मेरो हजुरको सिरिज निर्माण गरेर नाम र दाम दुर्व कमाउन सफल भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार