आफू अनुकूल कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन : कोइराला

२०७९ मंसिर २६, सोमबार १६:५४ बजे

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई नभएकोे बताएका छन् ।

अध्यादेशमार्फत् कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्न नमिल्ने उनको भनाइ छ ।

सरकारले ल्याउन लागेको अध्यादेशबारे उनले भने, ‘अध्यादेशमार्फत कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन ।’

उनले सरकारको कदमले भोलिका दिनमा गलत नजिर बस्ने प्रष्ट्याए । सरकारको कदमका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आपत्ति जनाइसकेका छन् ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सिके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरी लगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार