
काठमाडौँ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। आज प्रचण्ड निवास खुमलटारमा पुगेर केसीले उनीसँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा बधाई साँटासाँट भएको थियो। केसी नुवाकोट २ र प्रचण्ड गोरखा २ बाट सत्ता गठबन्धनबाट उम्मेदवार भई चुनाव जितेका थिए। केसी र प्रचण्डबीच चुनावी समीक्षा र अब बन्ने नयाँ सरकारलगायतका विषयमा पनि कुराकानी भएको उनको सचिवालयले जानकारी दिएको छ।
केसीले बालाजु बाइपास-ककनी-रानीपौवा-त्रिशूली सडक निर्माणमा पहल गर्नसमेत आग्रह गरेका थिए। आइतबार बेलुकी केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गरेका थिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।