अस्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्यो, २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

२०७९ मंसिर २७, मंगलवार ०८:११ बजे

एजेन्सी : अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली चलाइएको थियो ।

सोमबार दिउँसोको लञ्चको ठीक समयपछि बेपत्ता व्यक्तिहरूको अनुसन्धानमा पुलिसलाई वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएको थियो ।

क्वीन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले भने, ‘उनीहरू बंगलामा प्रवेश गर्ने बित्तिकै गोलाबारीमा परेका थिए । उनीहरूले मौका पाएनन् । ’ प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबारको उक्त घटनालाई अस्ट्रेलियाका लागि “हृदयविदारक दिन“ भनेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार