शैक्षिक योग्यतामा राष्ट्र बैंकको कडाई, कर्मचारीद्धारा धमाधम राजिनामा

२०७९ मंसिर २७, मंगलवार ०८:२० बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकले नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन गर्न थालेपछि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले भटाभट राजिनामा दिन थालेका छन् ।

स्रोतका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा केन्द्रीय बैंकले छानबिन प्रक्रिया सुरु गरेसँगै सो संस्थामा कार्यरत कर्मचारीबाट राजिनामा दिनेको संख्या बढेको हो ।

राष्ट्र बैंकले अध्ययन गर्ने क्रममा आन्तरिक बढुवाका लागि निर्धन उत्थान लघुवित्तका अधिकांश कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको देखिएको हो । सो सम्बन्धमा केन्द्रीय बैंकले शैक्षिक प्रमाणपत्रमाथि नैतिक प्रश्न उठाएपछि कर्मचारीहरुले धमाधम राजिनामा दिन थालेका हुन् ।

स्रोतका अनुसार हालसम्म सहायक महाप्रबन्धक देखि सहायक स्तरका ३७ जना कर्मचारीले राजिनामा दिइसकेका छन् । संस्थाका कर्मचारीहरुले पद बढुवाका लागि भारतबाट अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेको राष्ट्र बैंकको अध्ययनबाट देखिएको हो । आजको अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार