कुलेश्वरमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एकजना घाइते

२०७९ मंसिर २७, मंगलवार १०:१९ बजे

काठमाडौं : काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा हाइस माइक्रोबस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंकै नागार्जुन नगरपालिका–४ का २२ वर्षीय रविन लामा र त्यसमा पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते भएका थिए । उनीहरू दुवैलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो । उपचारका क्रममा लामाको मृत्यु भएको जनाइएको छ ।

हिजो साँझ करिब पौने ६ बजे बा२ख ३२२३ नम्बरको हाइस र बा९१प ७४८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । हाइस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार