जाजरकोट जिप दुर्घटना : मृतक संख्या १२ पुग्यो

२०७९ मंसिर २७, मंगलवार १०:४९ बजे

जाजरकोट : जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले उपचारका लागि लगिएका थप एक घाइते जयलाल अधिकारीको पनि बाटोमै मृत्यु भएको बताए।

छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइते तीन जनालाई उद्दार गरी उपचारका लागि सुर्खेत पठाइएको थियो। घाइतेको बाटोमै मृत्यु भएको डिएसपी निरौलाले बताए।

दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिका–२ का ३५ वर्षीय चालक मानबहादुर बस्नेत, वडा नम्बर ३ का २८ वर्षीय वीरेन्द्र केसी, ३१ वर्षीय अम्मरबहादुर खड्का, जाजरकोटको छेडागाड नगरपालिका ६ का ३५ वर्षीय वीरबहादुर खत्री, वडा नम्बर ५ का ३३ वर्षीया जयकुवारा बुढा, ३२ वर्षीया नैनसरा अधिकारी, ३१ वर्षीय रामबहादुर बुढा, ३८ वर्षीय दीपक अधिकारी, उनकी छोरी ४ वर्षीया निशा अधिकारी, ३६ वर्षीया देवीसरा बुढा, ४२ वर्षीय अम्मर अधिकारी र ४८ वर्षीय जयलाल अधिकारीको मृत्यु भएको हो।

४ वर्षीय निशासहित अम्मर अधिकारी र जयलाल अधिकारीको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। अरु ८ जनाको घटनास्थलमै मृत्यु भएको हो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार