गुणस्तरहीन भएको भन्दै दुई आयुर्वेदिक औषधि बिक्रीमा रोक

२०७९ मंसिर २७, मंगलवार ११:०३ बजे

काठमाडौं : औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ । साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ ।

विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूर्ण र निर्मल चूर्ण नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो । अविपत्तिकर चूर्णलाई गोर्खा आयुर्वेद कम्पनी र निर्मल चूर्णलाई भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन गर्दै आएका छन् ।

दुवै कम्पनीले भारतको आयुर्वेदिक फार्माकोपिया, २०१६ मिचेको विभागको ठहर छ । दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भएकाले बिक्री नगर्न र फिर्ता लिन निर्देशन दिइएको विभागले जनाएको छ । विभागले यी औषधिको प्रयोग नगर्न र नगराउन पनि सचेत गराएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार