यस्ताे छ तरकारी र फलफूलको भाउ

२०७९ मंसिर २७, मंगलवार ११:३४ बजे

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार मंलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ ररहेको छ । अनार पनि प्रतिकेजी २७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहेको छ। यता अदुवा ५६ रुपैया २५ पैसा, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ४० पैसा, सेतो आलु ३९ रुपैयाँ ३३ पैसा, स्थानीय काउली २९ रुपैयाँ, कागती १०६ रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ कायम रहेको छ।

लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेंडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, घिरौला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १०६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैया, लोकल परवर ६६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४७ रुपैयाँ २० पैसा र हरियो धनिया १२३ रुपैयाँ ३३ पैसा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार