सरकारकाे अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन

२०७९ मंसिर २७, मंगलवार १३:०८ बजे

काठमाडौं : सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ ।

व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीलसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै अनेरास्ववियुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधनका लागि सरकारले सोमबार राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको छ । यसको भोलिपल्ट (मंगलबार) बिहान अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शनमा विरोध प्रदर्शनमा उत्रिएको हो ।

प्रदर्शनरत विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतीकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार