बिहार लाँदै गरेको साढे ९ लाखको मदिरा बरामद, दुईजना पक्राउ

२०७९ मंसिर २७, मंगलवार १३:२७ बजे

काठमाडौँ : सशस्त्र प्रहरीले महोत्तरीको मटिहानी नगरपालिका-७ स्थित परिक्रमा गाछी इलाकाबाट ९ लाख ६४ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ।

सशस्त्र प्रहरीको टोलीले ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल नेपाल (बीओपी मटिहानी) ले भारत घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई मदिरा बोकेको गाडीसहित नियन्त्रणमा लिएको हो।

बीआर ०६ पीबी ९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरुलाई बरामद मदिरा र गाडीसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार