
एजेन्सी : एसएस राजामौलीको फिल्म आरआरआर गोल्डेन ग्लोब अवार्डका लागि मनोनयनमा परेको छ । चलचित्र उत्कृष्ट गैर अंग्रेजी भाषाको लागि मनोनयनमा परेको छ भने गीत ‘नाटु-नाटु’ उत्कृष्ट मौलिक स्कोरको लागि मनोनयनमा परेको छ ।
मार्चमा रिलिज भएको आरआरआरमा राम चरण र जुनियर एनटीआरले मुख्य भूमिका खेलेका थिए। यसका अलावा फिल्ममा आलिया भट्ट, अजय देवगन र श्रिया सारमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
फिल्मले विश्वभर १२ सय करोडभन्दा बढी कमाएको थियो । फिल्म तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।