सर्लाहीमा देवरको कुटाइबाट भाउजुको मृत्यु

२०७९ मंसिर २७, मंगलवार १५:२८ बजे

सर्लाही : सर्लाहीको चक्रघट्टमा गाउँपालिकामा कुटपिटबाट एक वृद्धाको ज्यान गएको छ। सोमबार चक्रघट्ट गाउँपालिका– २ भेल्ही निवासी अन्दाजी ७० वर्षकी सागर देवीको आफ्नै देवरको परिवारको कुटपिटबाट ज्यान गएको हो ।

जग्गाको विषय लिएर भएको विवादमा सागर देवीमाथि ६५ वर्षीय देवर पुकार राय, उनका ४० वर्षीय छोरा जितु भनिने जितेन्द्र राय र ३० वर्षीया बुहारीअनितादेवी रायले कुटपिट गरेको स्थानीयको भनाइ छ।

घटनाको सूचना पाउना साथ प्रहरी टोलीले घटनास्थलबाट मुचुल्का तयार गरेर वृद्धाको शव पोस्टमाटमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको छ। घटनामा संलग्न मध्ये देवर पुकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी विजयी यादवले जानकारी दिए। आरोपित जितेन्द्र र अनिता फरार रहेका छन्।

फरार रहेका दुवैको खोजी भइरहेको र घटनाको विषयमा समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रबिन पोखरेलले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार