आइएमई डिजिटल सोलुसनको सिइओमा प्रवीण रेग्मी नियुक्त

२०७९ मंसिर २७, मंगलवार १६:४९ बजे

काठमाडौं : आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रवीण रेग्मी नियुक्त भएका छन्। इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर गरेका रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव रहेको बताइएको छ।

पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दखल राखेका रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक दुबै तालिम प्राप्त गरिसकेका छन्।

काठमाडौं पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको टाउन हल मिटिङमा नवनियुक्त सिइओको स्वागतका लागि मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा आइएमई डिजिटल सोलुसन (आइएमई पे) का अध्यक्ष एवम् ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे।स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे।

स्वागत कार्यक्रममा ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलसहित ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार