
काठमाडौं : कतारमा जारी विश्वकपमा बेटिङ गराइरहेको वन एक्स बेटका एजेन्ट भएको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका- २ बाट पक्राउ परेका महोत्तरीका २० वर्षीय आदर्श ठाकुरले रकम जम्मा गरेर बुझाउने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
ठाकुर ८ महिनायता वन एक्स बेटका एजेन्टका रुपमा सक्रिय रहेको प्रहरीको दाबी छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।