देउवालाई भेटेर महन्थले भने, ‘गठबन्धनको सरकार बनाउन सहयोग गर्छौँ’

२०७९ मंसिर २७, मंगलवार २१:१५ बजे

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार भेटवार्ता भएको छ । ठाकुरले प्रधानमन्त्री देउवालाई साँझ भेटेर सरकारमा सहभागी हुने बारे जानकारी जानकारी गराएका हुन् ।

हिजो बसेको लोसपाको शीर्ष नेताको बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै गठबन्धन नेतृत्वको सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि नयाँ सरकार गठनका लागि दलहरूले पहल कदमी अघि बढाउने बुझिएको छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार