जसपाको वीरगञ्ज बैठकमा दुई तिहाई केन्द्रीय सदस्य सहभागी

२०७९ असार ३०, बिहीबार १५:१६ बजे

वीरगंज – जनता समाजवादी पार्टी (जसपा) मा केन्द्रिय कार्यकारीणी अध्यक्ष उपेन्द्र यादवको पक्षमा झण्डै दुइ तिहाइ बहुमत पुगेको छ ।

वीरगंजमा बुधबार देखि जारी यादव पक्षको केन्द्रिय समितिको बैठकमा अहिले कायम ४८९ केन्द्रिय सदस्य मध्ये ३२९ जना सहभागी भइ हस्ताक्षार समेत गरिसकेका छन् । यस्तै पार्टीका १९ जना संघीय संसद मध्ये १७ जना सहभागी छन् । संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्राइको पक्षमा भने उनि र महेन्द्र राय गरि दुइ जना मात्र छन् । बाँकी दुइ सांसद राजकिशोर यादव र अमृता अग्रहरी भने अहिले सम्म कतै खुलेका छैनन् ।

यस्तै ३२ केन्द्रिय कार्यकारीणी सदस्य मध्ये २२ जना वीरगंजको जारी बैठकमा सहभागी रहेका केन्द्रिय सदस्य समेत रहेका वन तथा वातावरण मन्त्री प्रदीप यादव बताउछन् ।

मन्त्री यादव भन्छन् ,‘ वीरगंजमा जारी बैठकमा उपेन्द्र यादव जीको पक्षमा दुइ तिहाइ पुगेको देखेपछि बाबुराम जीले हार मानेरै अब अर्को पार्टी खोल्ने निर्णय गरिसक्नु भएको छ ,अब जसपामा उहाको केहि चल्नेवाला छैन ।
केन्द्रिय कार्य समिति ४९९ भएपनि अहिले कायम संख्या ४८९ मात्रै भएको र ती मध्ये पनि ५० जना जति लोसपा लगायत अन्य पार्टीमा लागि सकेकाले अब केन्द्रिय सदस्यको संख्या ४५० को हाराहारीमा मात्रै रहेको यादवले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार