पुसमा पनि मंसिरकै ब्याजदरलाई निरन्तरता

२०७९ मंसिर २८, बुधबार १०:०७ बजे

काठमाडौं : आगामी पुस महिनामा ब्याजदर नबढ्ने भएको छ । पुस महिनामा वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिने भएको हो । वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघको मंगलबार बसेको बैठकले पुसमा पनि मंसिर महिनाकै दरलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैंकहरुले मंसिरमा पनि अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका थिए । विकास बैंक र फाइनान्सले पनि पुसमा मंसिरकै ब्याजदर यथावत राख्ने भएका छन्।

बैंकहरुले मंसिरमा पनि ब्याजदर बढाएका थिएनन्। मंसिरमा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशतसम्म कायम गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार