कालिन्चोक केवलकारको आईपिओ भर्ने आज अन्तिम दिन

२०७९ मंसिर २८, बुधबार १०:४२ बजे

काठमाडौँ  : कालिन्चोक दर्शन लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज मङ्सिर २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले मङ्सिर १४ गतेदेखि  आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपिओ बिक्रि खुला गरेकोमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता शेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् भने आयोजना प्रभाववित स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ४९१० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र  बोर्डले कम्पनीलाई कार्तिक २३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको छ। कम्पनीले आईपिओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले गत चैत्र १५ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो  । 

कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ  । कम्पनीले दोस्रो चरणमा सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार