प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान

२०७९ मंसिर २८, बुधबार १०:४७ बजे

काठमाडौँ : प्राइम लाइफ इन्स्योरेन्सले पुस २४ गते आइतबार काठमाडौँको कमलपोखरी स्थित अग्रवाल भवनमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश, मर्जर प्रस्ताव लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पूंजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार को १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि  १ करोड ९० लाख १८ हजार ४ सय २२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात लगानीकर्तामा बितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार