तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, आजबाट कारोबारमा

२०७९ मंसिर २८, बुधबार १०:५७ बजे

काठमाडौँ : तीन कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको हो। यी तीनै कम्पनीको सेयर आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन्। 

नेप्सेमा इस्र्टन हाइड्रोपावरको कुल ६२ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, सर्वसाधारणको ६ लाख २० हजार र स्थानीयको ६ लाख २० हजार कित्ता छन्।  यो कम्पनीलाई नेप्सेले ‘ईएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ७२.३३ रुपैयाँदेखि अधिकतममा २१६.९९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यसैगरी नेप्सेमा पिपुल्स हाइड्रोपावरको कुल ३ करोड ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ४० लाख कित्ता, सर्वसाधारणको ४८ लाख कित्ता र स्थानीयको ३२ लाख कित्ता छन्।  यो कम्पनीलाई नेप्सेले ‘पीएचसीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

त्यस्तै नेप्सेमा श्रृजनशील लघुवित्तको कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७ लाख कित्ता र  सर्वसाधारणको ९ लाख ९३ हजार ७५० कित्ता छन्।  यो लघुवित्तलाई नेप्सेले ‘एसएचएलबी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ३०२ रुपैयाँदेखि अधिकतममा ९०६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार