१ लाख १ हजार पुग्यो सुनको मूल्य

२०७९ मंसिर २८, बुधबार ११:३० बजे

काठमाडौं : साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो। बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार