
काठमाडौं : खानी विभाग हुँदै खानी विभाग हुँदै लैनचौर सडक खण्डमा चल्ने सवारी साधनका लागि बुधबार वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको छ।
उक्त सडक खण्डमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन मर्मत भइरहेकाले उक्त खण्डको वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको हो।
एक सूचना जारी गर्दै उक्त स्थान हुँदै चल्ने सवारी साधन एक लेनमा आलोपालो सञ्चालन गराइएकाले अन्य मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।