अभिनेत्री नम्रता फिल्म ‘डेसान’ बाट पनि असफल

२०७९ मंसिर २८, बुधबार १२:१३ बजे

काठमाडौं : अभिनेत्री नम्रता सापकोटा अभिनयको कारणले भन्दापनि विभिन्न स्क्यान्डका कारण मिडियामा छाउन सफल छिन् । कहिले ‘बिहे नगरी बच्चा पाउन चाहन्छु’ त, कहिले फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ हाबी भएको भन्ने धारणाका कारण उनी सधै चर्चामा छाउने गरेकी छन् ।

आफूलाई चित्त नबुझेको कुरा खुलेरै बोल्ने उनी फिल्म अभिनयको हिसाबमा भने अनलक्की मान्न सकिन्छ । किनभने उनको अभिनय रहेको फिल्म ‘छक्का पन्जा’ बाहेक कुनै पनि हिट हुन सकेको छैन । अभिनयबाट राम्रो समीक्षा पाउने गरेकी उनी फिल्मले भने राम्रो व्यवसाय नगर्दा सधैं ओझेलमा पर्ने गरेकी छन् । उदाहरणको रुपमा उनको अभिनय रहेको पछिल्लो फिल्म ‘डेसान’ लाई पनि लिन सकिन्छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा नम्रताले नेगेटिभ भूमिका राम्रोसँग निर्वाह गरेकी छिन् । तर फिल्मले दर्शक नपाउँदा उनको भूमिका जति नै राम्रो भएपनि चर्चा भने हुन सकेको छैन ।

करिब एक दशक भन्दा लामो समयदेखि फिल्म र म्युजिक भिडियोमा अभिनयमा सक्रिय उनले ‘डेशान’ प्रचार प्रसारको समय फिल्म हिट हुने र आफ्नो अभिनय करियर पनि उभो लाग्ने बताएकी थिइन् । गसिपले साथ दिएपनि नम्रतालाई फिल्मले साथ नदिँदा उनको करियर उभो लाग्न समस्या भने परेको देखिन्छ ।

नम्रता अभिनित फिल्म ‘डेशान’ कमल एक्चै मगरले निर्देशन गरेका हुन् । फिल्ममा उनको अलवा भोला सापकोटा निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय रहेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार