चार वर्षीया बालिकाको पेटमा ६१ वटा गुच्चा भेटिए

२०७९ मंसिर २८, बुधबार १२:२९ बजे

चीन : सुन्दैमा तर्सिने र पत्यारै नलाग्ने एउटा घटना चीनमा भएको छ । चार वर्षीया बालिकाको पेटबाट चिकित्सकहरुले शल्यक्रिया गरेर ६१ वटा गुच्चा निकालेको खबर आफैंमा अनौठो लाग्छ ।

अझ अनौठो त के भने छोरीले त्यतिधेरै गुच्चा निल्दासम्म उनका बुवाआमाले त्यसको छनकसम्म पाएका थिएनन् । जब बालिकालाई पेट दुखेपछि उनीहरु चेकजाँचका लागि अस्पताल पुगे, एक्सरे गरेर हेर्दा छाँगाबाट खसे झैं भए । किनकि बालिकाको पेटमा ठूलो संख्यामा गुच्चा भएको थाहा भयो ।

डाक्टरहरुले एक महिनादेखि पेट दुखिरहेको समस्या लिएर अस्पतालमा उपचारका लागि लगिएकी ती बालिकाको पेटबाट शल्यक्रिया गरी ६१ वटा गुच्चा बाहिर निकाले । बालिकाको पेटमा मोतीको मालाजस्तै गरी ६१ वटा गुच्चा अडिएका थिए ।

उक्त शल्यक्रिया करिब तीन घण्टा लगाएर गरिएको थियो । शल्यक्रियाका क्रममा उनको आन्द्रामा एक दर्जन बढी प्वाल पार्नु परेको थियो । शल्यक्रियापछि ती बालिका हाल खतरामुक्त रहेको र स्वास्थ्यलाभ गरिरहेको बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार