
काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३ मा टिपरले ठक्कर दिएर घाइते भएका एक युवकलाई आक्रमण गरी हत्या गरेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज बिहान र्याली निकालेर प्रदर्शन गरेका हुन् ।
त्रिचन्द्र क्याम्पसका विद्यार्थी तारकेश्वर नगरपालिका ३, पाँचमाने निवासी २१ वर्षीय सविन फुयाँललाई मंसिर २५ गते राति ९ बजे महालक्ष्मी एण्ड बलामी सप्लायर्सको बा५ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो । त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेको पीडित परिवारको दाबी छ ।
तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्यालले टिपर चालक फरार रहेको र अझै पक्राउ नपरेको बताए । उनले पीडित परिवारले दोषीलाई कारबाहीको माग गर्दै वडा कार्यालय अगाडि प्रदर्शन गरिरहेको र आफूले घटनाको सत्य तथ्य पत्ता लगाउन सहजीकरण गरिरहेको बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।