काठमाडौं महानगरले गर्यो दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना

२०७९ मंसिर २८, बुधबार १३:०० बजे

काठमाडौं : काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। बुधबार ३८ औं महानगर दिवसको उपलक्ष्यमा महानगर र नेपाली सेनको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको महानगरपालिकाले जनाएको छ।

शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड बाल रोगको उपचार गरिने छ। यस्तै, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाड जोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग, दन्त रोगको उपचार गरिने महानगरले बताएको छ। महानगरका अनुसार शिविरमा निःशुल्क औषधि वितरण समेत हुने र उक्त सेवा मंसिर २८ र २९ गतेसम्म नेपाली सेनाको खेल मैदानमा हुने छ।

हेर्नुहोस् सूचनाः

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार