
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोमबारको कारोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र इस्टन हाइड्रोपावरको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो।
यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ। सीवाईसी नेपाल लघुवित्तको सेयर भाउ २ सय २६ रुपैयाँले बढेर २ हजार ४८६ रुपैयाँ २० पैसा पुगेको छ। भने इस्टन हाइड्रोपावरको सेयर भाउ २१ रुपैयाँ ६० पैसाले बढेर १ हजार २ सय ३७ रुपैयाँ ६० पैसा पुगेको छ।
मार्केट डेपमा दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।