रक्सी पिएर कुट्ने श्रीमानको श्रीमतीले गरिन् हत्या

२०७९ मंसिर २८, बुधबार १३:४८ बजे

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

घरायसी झगडा हुँदा रक्सी खाएर बलबहादुरले श्रीमतीलाई कुटपिट गरेपछि रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुकाले श्रीमानको घाँटी थिचेर हत्या गरेको डीएसपी रिजालको भनाइ छ । रक्सीकै कारण घटना भएको प्रहरीले अनुमान गरेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार