लुम्बिनी प्रदेश सरकारले आजदेखि भालुवाङबाटै काम गर्ने

२०७९ मंसिर २८, बुधबार १३:०४ बजे

बुटवल : बुटवलबाट कार्यालयहरू लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सर्न थालेसँगै चहलपहल बढेको छ । बुधवारदेखि भालुवाङबाटै प्रदेश सरकारले काम गर्ने तयारी गरेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्ने कार्यक्रम राखिएको छ । २०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाले बुटवलबाट दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो ।

राजधानी घोषणाको निर्णय कार्यान्वयन हुन लागेको छ । देउखुरीको लालमटीयास्थित राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ ।

मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालय लगायत संरचना बनाइएको छ । राजधानीलाई स्वागत गर्न राप्ती उद्योग वाणिज्य संघको अगुवाइमा सरसफाइ गरी सजावटको काम भएको छ । कपिलवस्तुको धानखोलादेखि पश्चिममा शिवखोलासम्म दर्जनौं बसबिसौनी छन् । यी बस बिसौनीका प्रतिक्षालयमा पहेंलो रंग लगाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार