
सोलुखुम्बु : ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रमुख एवम् प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत अबस्थामा फेला परेका छन् ।
खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आएका थिए । सोमवार बेलुका साथीभाइसँग रमाइलोका साथ खानपिन गरेर सुतेका उनी मङ्गलवार बिहान आफ्नै ओछ्यानमा मृत अबस्थामा फेला परेका हुन् ।
राई आफ्नै घर सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ बासामा मृत भेटिएका हुन् । सोमवार बेलुका राम्रैसँग खानपिन गरेर सुतेको तर मङ्गलवार बिहान मृत भेटिएपछि परिवार अहिले गहिरो शोकमा रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।