चितवन गार्डेन रिसोर्टमा बिहे भोज खादा २ सय जनाभन्दा बढी बिरामी भएपछि रवि लामिछानेले लिए एक्सन (भिडियो)

२०७९ मंसिर २८, बुधबार १४:३५ बजे

चितवन : चितवन गार्डेन रिर्साेटमा बिहे भोज खाएका २०० जना भन्दा बढी बिरामी भएका छन् । रिर्साेटमा २३ गते शुक्रबार भोज खाएकाहरु बिरामी भएर अहिले उपचार गराइरहेका छन् । बिहे भोज खाएर दुई जय जनाभन्दा बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा शील गरिएको छ ।

वाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी रिसोर्टमा शील गरिएको हो । नवलपुरको गैंंडाकोट १ का गणेश ढकाल र भरतपुर १० की सरष्मिा अधिकारीका बिहेमा संलग्न भएका ५२६ जनामा २०० भन्दा बढी बिरामी भएका हुन् । अधिकांश बिरामीहरुलाई भर्ना गरेर उपचार गराइरहेका छन् ।

चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए ।

बिहे भोज खाएका दुई सयभन्दा बढी बिरामी परेपछि भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालयले होटलको अनुगमन गरेको थियो । घटना पश्चात भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सबै निकायबाट प्रतिवेदन तयार भइरहेको भन्दै दोषी ठहर भए कारबाही गर्ने बताएकी छन् ।

भोज खाएकाहरुलाई काम ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका छन् । दिउँसो भोज खाएपछि भोलिपल्ट बिहानबाट जन्त गएकाहरु बिरामी हुन सुरु भएको थियो । गैंडाकोटबाट जन्ती गएका स्थानीयहरु सबै बिरामी भएका छन् । भिडियो स्विट नेपालबाट साभार

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार