संजोगलाई वर्षाको हाँसो प्यारो

२०७९ मंसिर २८, बुधबार १४:३८ बजे

काठमाडौँ : नेपाली फिल्म उद्योगका चर्चित जोडी हुन् – संजोग कोइराला र वर्षा राउत। यो जोडी उति सारो चर्चा र विवादमा आउँदैन। एकताका मनमुटावको खबर सार्वजनिक भए पनि उनीहरुको सम्बन्ध भने बिग्रिएन।

एकताका श्रीमान् संजोगसँगको सम्बन्धमा आएको दरारका कारण वर्षा चर्चामा पनि आइन्। खासै चर्चा र गसिपको विषय नबन्ने वर्षा र संजोगको जीवनमा थुप्रै उतारचढाव आएको आकलन गरिन्छ। तर उनीहरु सम्बन्धबारे खासै सार्वजनिक अभिव्यक्ति दिँदैनन्।

संजोग र वर्षाको सहयात्राले ४ वर्षको यात्रा तय गरेको छ। वर्षा आज आफ्नो जन्मदिन मनाइरहेकी छन्। वर्षाको जन्मदिनमा संजोगले खुसीको कामना गरेका छन्।

उनले सामाजिक सञ्जालमा वर्षालाई शुभकामना दिँदै लेखेका छन्, ‘तिम्रो जन्मदिनमा शुभकामना दिन मसँग शब्दहरुको कमी छ। तिमीलाई प्रेम र भाग्यले सधैँ साथ देओस् भन्ने कामना गर्दछु। तिम्रो मुहारमा मुस्कानले कहिले पनि नछाडोस्। ’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार