कर्णाली प्रदेशमा पुड्कोपना बढी

२०७९ मंसिर २८, बुधबार १५:३० बजे

काठमाडौं : पछिल्लो समय नेपालमा पुड्कोपनामा सुधार आएको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालीको औसत उचाइ वृद्धि भएको पाइएको छ । सन् २०२२ सर्वेक्षणअनुसार ५ वर्षमुनिका ४ जना बालबालिकामध्ये १ जना मात्रै पुड्कोपना देखिएको पाइएको छ । अर्थात् २५ प्रतिशतमा पुड्कोपना छ ।

जसमध्ये सबैभन्दा बढि पुड्कोपन कर्णाली प्रदेशमा ३६ प्रतिशत रहेको पाइएको छ । यस्तै, २०१६ गरिएको सर्वेक्षणमा पुड्कोपना ३६ प्रतिशत थियो । यस्तै मधेसमा २९ प्रतिशत, सुदूरपश्चिमम २८, लुम्बिनीमा २५, प्रदेश १ र गण्डकीमा २०÷२० प्रतिशत पुड्कोपना देखिएको छ । सात प्रदेशमध्ये सबैभन्दा कम बाग्मती प्रदेशमा १८ प्रतिशत पुड्कोपना रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार