
काठमाडौँ : सेयरबजार आज पनि ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा पुगेको हो। बुधबारको कारोबारमा २४६ कम्पनीको १६ हजार ६ सय ७७ पटकको कारोबारमा २० लाख ८७ हजार कित्ता सेयर किनबेच भएको हो।
यो भनेको ७२ करोड ७८ लाखको कारोबार हो। सूचक घटे पनि दुईवटा कम्पनीका सेयरधनीले भने कमाएका छन्। सीवाईसी लघुवित्त र इस्टर्न हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका हुन्।
आज पिपल्स हाइड्रोपावरका लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन्। सेयरबजारमा नेपाल टेलिकमको ५ करोड ३९ लाखको सर्वाधिक कारोबार भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।