७९ लाख ४१ हजार ५३६ मतदाताले प्रत्यक्षमा भोट नै हालेनन्

२०७९ मंसिर २८, बुधबार १६:२५ बजे

काठमाडौं : आमनिर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभामा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नभएको पाइएको छ । निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।

जसमध्ये यसपटक प्रतिनिधिसभा निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका छन् । अर्थात् कूल मतदाता संख्याको ६१ दशमलव ४१ प्रतिशत मात्र निर्वाचनमा सहभागी भएका हुन् । यसपटक १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भने १ करोड ११ लाख २६ हजार २२६ ९६१ दशमलव ८५ प्रतिशत० मतदाता सहभागी भएका आयोगको तथ्यांकमा उल्लेख छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार