निशान भट्टराई र ऋचाको दाम्पत्य जीवनमा दरार

२०७९ मंसिर २८, बुधबार २०:४२ बजे

काठमाडौं : गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको सम्बन्धमा दरार आएको अनुमान छ । दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका छन् भने एकअर्कासँगको तस्वीर पनि डिलिट गरेका छन् । ऋचाले इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी छन् ।

उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका छन् । अनफलो र तस्वीर हटाउने कार्यले यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ ।

उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले दुई वर्षअघि विवाह गरे । २०७७ सालमा यी दुईबीच कानुनी विवाह भयो ।

दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले कानुनी विवाहमा परिणत गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता निशान चर्चित बने । लगत्तै उनले प्रेमिका ऋचालाई विवाह गरे ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार