
झापा : २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद निशा डाँगी हुने भएकी छन् । राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित डाँगी २५ वर्षकी मात्रै छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदमध्ये डाँगीको उमेर सबैभन्दा कम अर्थात २५ वर्षमात्र छ ।
भद्रपुर नगरपालिका झापाकी डाँगी रास्वपाको खसआर्य समूहबाट सांसद निर्वाचित भएकी हुन् । आयोगका अनुसार सबैभन्दा बढी उमेरका समानुपातिक सांसदमा राप्रपाका पशुपति शमशेर राणा छन् । राणाको उमेर ८० वर्ष रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।