युक्रेनका राष्ट्रपतिको कार दुर्घटनाग्रस्त

२०७९ भाद्र ३०, बिहीबार १०:४४ बजे

युक्रेन : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटनाग्रस्त भएको छ । सरकारका एक प्रवक्ताले संक्षिप्त बयानमा जनाएअनुसार राष्ट्रपति जेलेन्स्कीको कारसँग एउटा निजी कार ठोक्किएको हो ।

सर्गी निकिफोरोभ नाम गरेका ती प्रवक्ताले भने, ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिएको छ, कुनै गम्भीर चोट पाइएको छैन ।’ राष्ट्रपति जेलेन्स्कीको कारसँग ठोक्किएको निजी कारका मालिक भने घाइते भएका छन् ।

उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अधिकारीहरुले दुर्घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार