काठमाडौंमा अब धूम्रपान निषेध ,अटेरी गर्ने लाई हुने छ यस्तो सजाए

२०७९ भाद्र ३०, बिहीबार १०:२६ बजे

काठमाडौं : काठमाडौं महानगरपालिका क्षेत्र आगामी शनिबारदेखि धूम्रपान निषेध गरिने भएको छ ।

महानगरले आज बिहीबार सार्वजनिक सूचना जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध’ लगाइएको जानकारी दिएको छ ।

अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ । सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन र नियमावली ल्याएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार