राष्ट्रिय बाल दिवसको अवसर पारेर कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम सम्पन्न

२०७९ भाद्र ३०, बिहीबार ११:०३ बजे

काठमाडौं : कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न कार्यक्षेत्र वरिपरि रहेका बाल आश्रम तथा सामुदायिक विद्यालयहरुमा “मुस्कान फैलाउँदै”भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर बैंकले प्रदेश १ का हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानो घर र सर्लाही बच्चा घर, काठमाडौं क्षेत्रबाट नन्दी माध्यमिक विद्यालय, पोखरा क्षेत्रबाट रेन्बो बच्चा घर र जलजला बाल आश्रमलाई पाठ्य सामग्री प्रदान गरिएको हो ।

त्यसैगरी बुटवल क्षेत्रबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्या पिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यमिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, बिन्दबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राइजअप अनाथ बाल गृह, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट व्लाइण्ड चिल्डन एजुकेश्न सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरी राष्ट्रिय बालदिवस मनाएको छ ।

यस प्रकारका सहयोगका साथै कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरूलाई प्राथमिकतामा राखी आगामी दिनहरुमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता बैकले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार